Section 8
पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को गठन :

८.

१ कोषको सम्पूर्ण काम कारवाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री वा राज्य मन्त्रीको अध्यक्षतामा एक पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्गठन गरिनेछ ।
८.२ उपदफा ८.१ बमोजिम गठन हुने परिषद्मा देहायका सदस्यहरू रहनेछन्ः–
८.२.१……….
८.२.२ .. … …
८.२.३ … … …
८.२.४ … … …
८.२.४क. सदस्य, राष्ट्रिय योजना आयोग (संस्कृति, हेर्ने) – सदस्य
८.२.५ मूलभट्ट, श्री पशुपतिनाथ मन्दिर – सदस्य

“८.२.६. सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालय -सदस्य

८.२.६क. सचिव, गृह मन्त्रालय – सदस्य

८.२.७ सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय       सदस्य”

८.२.८ ………….
८.२.९ प्रमुख, काठमाडौं नगरपालिका – सदस्य
८.२.१० अध्यक्ष वा प्रशासक, गुठी संस्थान – सदस्य
८.२.११ अध्यक्षबाट संस्कृतिविज्ञ र धार्मिक पर्यटन विज्ञमध्येबाट मनोनीत बढीमा सातजना व्यक्तिहरू – सदस्य
८.२.१२ अध्यक्षबाट मनोनीत व्यक्ति – कोषाध्यक्ष
८.२.१३ अध्यक्षबाट मनोनीत व्यक्ति –सदस्य–सचिव
८.३ ………अध्यक्षबाट परिषद्का सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर हुन सक्नेछ । यसरी थपघट वा हेरफेर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्नु पर्नेछ ।
८.४ ………….
८.५ उपदफा ८.२.११ बमोजिम सदस्यहरू मनोनीत गर्दा कम्तीमा एकजना सदस्य पशुपति क्षेत्रभित्र स्थायी बसोबास गरेका समाजसेवीहरू मध्येबाट गरिनेछ ।
८.६ मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरू पुन मनोनीत हुन सक्नेछन्।